arrow

पटक-पटक ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको एमालेले दायर गरेको रिट प्रधानन्यायाधीशको इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । निर्वाचन आयोगलाई विपक्षी बनाइ नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा राखिएको छ ।

पटक–पटक  ‘हेर्न नभ्याइने’ भन्दै पन्छाएको रिटको पेशी प्रधानन्यायाधीश राणाले मंगलबार आफ्नै इजलासमा राखेका हुन्।

उक्त मुद्दाको पेशी आइतबार पनि प्रधानन्यायाधीश राणाको इजलाशमा परेको थियो। त्यसैगरी शुक्रबार मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेको थियो ।

दल दर्ताका क्रममा निर्वाचन आयोगले दस्तखत नै नभएका निवेदनहरुलाई पछि सनाखत गराएको, बिना कारण प्रक्रिया नै पूरा नगरी गलत मनसायले  हतारमा छुट्‍टै दल दर्ता गराएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ