arrow

गालीको प्रभाव

logo
बुद्ध,
प्रकाशित २०७८ भदौ २२ मंगलबार
Buddha.advice2_.jpg

महात्मा बुद्ध एक पटक एक गाउँको बाटो भएर जाँदै थिए । त्यहाँ केही मानिसहरू बुद्धसँग शत्रुता राख्थे। उनीहरूले बाटोमा बुद्धलाई रोके। उनीहरूले गाली दिएर अपमान गर्न थाले। बुद्ध सुनिरहेका थिए ।

जब ती मानिसहरू थकित भए, बुद्धले भने, 'तपाईँका कुरा सकियो भने म जान्छु। यो सुनेर ती मानिसहरू धेरै छक्क परे। उनीहरूले भने- हामीले तपाईँलाई दुर्व्यवहार गर्‍यौँ, तपाई किन रिसाउनुहुन्न?

बुद्धले भने - तपाईँहरूले ढिलो गर्नुभयो। यदि दस वर्ष पहिले आएको भए  म पनि तपाईँलाई गाली गर्थे। तपाईँहरू मलाई ढुक्कले गाली गर्नुस् , तर म अब गाली लिन असमर्थ छु। गाली दिनाले मात्र हुँदैन, लिन पनि आवश्यक छ।

जब म पहिलो पटक गाउँबाट निस्किएको थिए, त्यहाँका मानिसहरूले भेटमा मिठाई ल्याएका थिए, तर मैले त्यो लिइन किनकि मेरो पेट भरिएको थियो। उनीले त्यसलाई फिर्ता लिएर गए।

बुद्ध केही बेर रोकिएर भने - जसले  मिठाई लिएर गए तिनीहरूले मिठाई के गरे होला ? एक व्यक्तिले भने - आफ्ना बच्चाहरू, परिवार र प्रियजनहरू को बिचमा बाडे होला।

बुद्धले भने - तपाईँहरूले जुन गाली ल्याउनुभयो त्यसलाई मैले लिइन। के तपाईँहरू यसलाई पनि परिवार र प्रियजनहरूमा बढ्नुहुन्छ ..?
बुद्धका सबै विरोधीहरू शिर निहुरियो र उनीहरू बुद्धका शिष्य बन्न पुगे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ