- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लुम्बिनी । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका छन् । सरकारले एमसीसीको प्रस्ताव संसद्मा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।
एमसीसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उनको भनाइ थियो । एमाले विभाजन नभई सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुआत भएको पौडेलले सुनाए ।
पार्टी विभाजन विचार र दर्शनका आधारमा नभई लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाए । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उनको भनाइ थियो ।
पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताए । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मकरुपमा लिएर रचनात्मकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।