arrow

इन्स्टाग्रामले स्टाेरीमा रहेकाे 'स्वाइप-अप' फिचर फेर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
instagram.jpg

काठमाडौं । इन्स्टाग्रामले स्टोरीबाट स्वाइप-अप फिचर हटाएर त्यसको ठाउँमा स्टिकर राख्ने भएको हो । इन्स्टाग्रामको यो नयाँ फिचरका लागि धेरै प्रयोगकर्ताले नोटिफिकेसन समेत देखिरहेको बताइएको छ ।

दश हजार भन्दा बढी फलोअर भएका या भेरिफाइड भएका अकाउन्टहरूले आफ्नो स्टोरीमा लिङ्कहरू राख्न सक्छन् । ती लिङ्क खोल्न स्वाइप-अप फिचर रहेको थियो । अब, त्यसको ठाउँमा स्टिकरसहितको फिचर रहने भएको हो ।

इन्स्टाग्रामले समयअनुसार आफ्नो प्लेटफर्मममा नयाँ नयाँ फिचरहरू थप्दै गएको छ । गत वर्ष इन्स्टाग्रामले किनमेलका लागि 'सप ट्याब' फिचर ल्याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ