arrow

एमसीसी हेड्क्वाटरबाट आएको टोली ओली निवास बालकोटमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
mmc-group-oli-meeting.JPG

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सहितको टोली प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको संवादमा छ ।

सो टोलीले अहिले ओली निवास बालकोटमा नै पुगेर एमसीसी परियोजनाका विषयमा छलफल गरिरहेको हो । छलफलमा अध्यक्ष ओलीसहित एमालेका नेताहरु पनि सहभागी छन् ।

अमेरिकी परियोजना एमसीसीबाट आएको टोलीको पहिले भेट नै ओलीसँग भएको हो । सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्तारुढ र अन्य विपक्षी दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवासँगको भेट भने भोलि शुक्रबार अपरान्ह ४ बजेका लागि तय भएको वालुवाटार स्रोतले जनाएको छ । ओलीसँगको भेटपछि टोली एमसीसीको कार्यालय दरबारमार्ग पुग्ने छ । त्यसपछि होटल मेरियटमा भेटघाट गर्ने कार्य तालिका छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ