arrow
ADVERTISEMENT

सिन्धुपाल्चोकका ६६ घर उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
baglung-pahiro.jpg

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भास्सिदा ६६ घर उच्च जोखिममा परेका छन् । 

घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४५० परिवार विस्थापित भएका छन् । स्थानीयवासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिए । 

उनका अनुसार कात्तिकेमा पनि ८ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ । विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ ।

तेलेसोङ खोला ठाउँठाउँमा सुरुङका रुपमा बग्ने गरेकाले जमिन भास्सिने र चिरापर्ने गरेको र सो स्थानमा उद्धारका सामाग्री लैजान जोखिम रहेको उपप्रमुख  तामाङले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ