arrow

हाम्रो पात्रोको न्यूज र क्यालेन्डर विजेट आईओएसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २६ शनिबार
hamropatro-widget.jpg

काठमाडौँ। नेपालको लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि समाचार र क्यालेन्डर विजेट सार्वजनिक गरेको छ। एपले शुक्रबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’ का साथै नयाँ‘ समाचारका लागि ‘न्यूज विजेट’ समेत ल्याएको हो ।

योसँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रूपमा समाचार र तिथि मितिको अपडेट लिन सक्ने हाम्रोपात्रोले जनाएको छ । क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो ।

तर यस पटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन दिइएको छ । प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीन ओटा विकल्प पाउने छन् । जसमा चाडपर्व तथा विशेष दिन,  बार,  मिति, मौसम सहितको पात्रो भएको ठुलो क्यालेन्डर विजेट, सम्बन्धित एक महिनाको पात्रोमा मिति, बार, तिथि र मौसम देखिने मध्यम विजेट र सम्बन्धित दिनको मिति, बार, तिथि र मौसमको जानकारी मात्र देखिने सानो विजेट मध्येबाट रोज्न सकिने छ ।

हाम्रोपात्रोले अगाडि भनेको छ, ‘त्यस्तै ‘न्यूजतर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचारदेखिने ठुलो विजेट गरी दुई ओटा विकल्प रहेका छन् । समाचार विजेटमा विभिन्न न्यूज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडेट प्राप्त गर्न सकिने छ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनुसार मिलाएर राख्ने सुविधासमेत यसमा छ ।’

कसरी प्रयोग गर्ने ? 
हाम्रोपात्रोले यसको प्रयोगका लागि यस्तो उपाय दिएको छ–
१, यसका लागि सुरुमा आफ्नो आईफोनको होम स्क्रिनको खाली भागमा केही लामो समय थिच्नुहोस् । 
२, यति गरेसँगै स्क्रिनको माथि बायाँ कुनामा प्लस आइकन देखिने छ, त्यसमा दबाउनु होस् । अब स्क्रोल गर्दै हाम्रो पात्रो एप छनौट गर्नुहोस् । 
३, त्यहाँ तपाईँले हाम्रो पात्रोका सबै विजेट देख्न सक्नहुनेछ । जसमध्ये आफूलाई मन परेको विजेट रोजेर तल रहेको ‘एड वि जेट’ बटनमा दबाउनु पर्ने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ