arrow

त्रिकोणात्मक क्रिकेटः नेपाल र अमेरिका भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
sandeep-lamichhane-cricket.jpg
तस्वीर–फाइल ।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिज सोमबारदेखि शुरु हुँदैछ । नेपाल, अमेरिका र ओमानबीच ओमानमा सिरिज हुन लागेको हो । 

सोमबारको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्देछ । यो खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे शुरु हुनेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रने नेपाली टिममा उपकप्तान दिपेन्द्र सिंह ऐरी भने हुने छैनन् । उनी घाइते छन् । 

नेपाल र अमेरिकाबीच निकै नै टक्कर हुँदै आएको छ । लिग–२ अन्तर्गत नै नेपालले यसअघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो।

तर ओमानको मैदानको अवस्था फरक भएकाले खेल प्रतिस्पर्धात्मक हुने कप्तान मल्ल बताउँछन् । सिरिजको अर्को टिम ओमान यसअघिको खेलमा नेपालसँग हावी भएको थियो । 

नेपालले दुवै खेल गुमाएको थियो । अभ्यासका क्रममा पपुवा न्यूगिनीमाथि दुवै खेल जितेको नेपालको अभ्यास राम्रो भएकाले जितको आशा कायम छ । 

सन्दीप लामिछानेले दुवै खेलमा गरेर १० विकेट लिएका थिए । उनी फर्ममा छन् । जसले गर्दा नेपालले अमेरिका र ओमानलाई दबाबमा राख्ने अनुमान गर्न सकिन्छ । 

नेपाली ब्याटिङ पनि ठीकठाक रहेको अनुमान गर्न सकिन्छ । रोहित पौडेलले ठूलो आशा जगाएका छन् । करण केसी फर्ममा छन् । कप्तान मल्लले पनि आफू फर्ममै भएको संकेत गरेका छन् । 

सिरिजमा नेपालको खेल
नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम खेलमा नेपालले ओमानसँग आगामी आइतबार खेल्नेछ ।

लिग–२ मा अंक तालिका 
नेपालले अहिलेसम्म घरेलु मैदानमा ४ खेल खेलिसकेको छ । जहाँ नेपालले ४ अंक जोडेको छ । नेपाल ओमानसँग पराजित हुँदा अमेरिकासँग विजयी भएको हो । 

ओमान यो समूहको बलियो टिम हो । ओमानको १० खेलमा १६ अंक छ ।  १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपाल भने ४ खेलमा ४ अंकबाट छैटौं स्थानमा रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ