arrow

अफलाइनमा समेत भुक्तानी गर्न सकिने 'नमस्ते पे' सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
namste pay.jpg

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्टले 'नमस्ते पे' नामक डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलवारदेखि नमस्ते पे डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

नमस्ते पे डिजिटल भुक्तानी सेवा नमस्ते पे मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत प्रयोग गर्न सकिनेछ । 

यूएसएसडी कोड अर्थात् मोबाइलमा ब्यालेन्स चेक गरेझैं अब, नमस्ते पेबाट इन्टरनेटबिना अफलाइनबाट नै भुक्तानी गर्न सकिने छ । यसका लागि प्रयोगकर्ताले *500# डायल गरी प्राप्त निर्देशन अनुसार खाता खोलेर कारोबार गर्न सक्नेछन् ।

यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । 

यस्तै नमस्ते पे एन्ड्रोइड एपबाट पनि सेवा उपयोग गर्न सकिने छ । कम्पनीले केही दिनभित्रै आईओएसमा पनि एप उपलब्ध हुने जानकारी दिएको छ । यस्तै नमस्ते पे वेबसाइटमार्फत बुधवारदेखि कारोबार गर्न सकिने छ ।

नमस्ते पेबाट हाल खानेपानी, बिजुली र मोबाइल टपअप गर्न सकिने सकिन्छ । यस्तै एनसेल र स्मार्ट टेलिकम लगायतको भुक्तानी सेवा पनि चाँडै एपमा जोडिने कम्पनीले बताएको छ ।

यस्तै नमस्ते पेको एउटा खाताबाट नमस्ते पेकै अर्को खातामा रकम ट्रान्सफर गर्न सकिने, क्यूआर कोड पेमेन्ट, अफलाइन मोड एवं करिब दश ओटा बैंकबाट वालेटमा रकम जम्मा गर्न सकिने सुविधा रहेको छ ।

चाँडै नै अन्य बैङ्क र थप सुविधाहरू एपमा थपिने कम्पनीले जनाएको छ । नमस्ते पे एप प्ले स्टोरमा यहाँ उपलब्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ