arrow

दुई पटक स्थगित १२ को परीक्षा शुरू, के गर्छन् कोरोना संक्रमितले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
exam-board2.jpg

काठमाडौं । बुधबारबाट कक्षा १२ को परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको महामारीका कारण पछाडि धकेलेको परीक्षा बुधबारबाट लिन लागेको हो । 

दुई पटकसम्म स्थगित भएको परीक्षा यसपालि पूरै हुने विश्वास गरिएको छ । गत साउन २३ गते परीक्षा स्थगित गरिएको थियो । परीक्षा शुरू हुनु  आठ दिनअघिमात्र निकै दबाबपछि परीक्षा स्थगित गरिएको थियो । 

त्यतिबेला कोरोना भाइरसविरुद्धको खोप नलगाएका कारण परीक्षा स्थगित भएको थियो । त्यसपछि धमाधम खोप लगाउन थालियो । संक्रमण पनि बढेपछि एकाएक दबाब थेग्न नसकी परीक्षा सारिएको थियो । 

अहिले पनि संक्रमण भने घटेको छैन । खोप भने सबैले लगाएका छन् । यसपालि भने परीक्षा केन्द्र आफैले अध्ययन गरेको विद्यालय, कलेजमा कायम गरिएको छ । 

परीक्षा असोज ८ गते सम्म सञ्चालन हुनेछ । 

परीक्षामा ३ लाख ७४ हजार ४१३ विद्यार्थी सहभागी हुँदैछन् । 

के गर्छन् कोरोना संक्रमितले ?
कोरोना संक्रमितले अहिले परीक्षा दिन पाउँदैनन् । राष्ट्रिय परीक्षा बोर्डले त्यस्ता संक्रमितलाई पछि परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ । 

नियमित परीक्षा सकिए लगत्तै अर्को सूचना जारी गरी परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ