arrow

राष्ट्रिय जनगणना : सुर्खेतका चार स्थानमा कार्यालय स्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
census-karnali-province.jpg

विरेन्द्रनगर। जिल्ला तथ्याङ्क कार्यालयले सुर्खेतका चार स्थानमा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याएको छ । आजदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना कार्यलाई थप व्यवस्थित बनाउन स्थानीयस्तरमा कार्यालय स्थापना गरिएको हो । 

जिल्ला तथ्याङ्क कार्यालयका अनुसार सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकाका लागि मेहेल कुनामा, भेरीगङ्गा नगरपालिका र लेकबेँसी नगरपालिकाका लागि छिन्चुमा, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाका लागि बाङ्गे सिमलमा तथा पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका लागि चौकुनेमा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ ।

गणक तथा सुपरीवेक्षकले जिल्ला कार्यालयका साथै स्थानीय जनगणना कार्यालयको सम्पर्कमा रहेर तथ्याङ्क सङ्कलन गर्नेछन् । जिल्ला तथ्याङ्क कार्यालयका खरिदार गणेश चालिसेले सुर्खेतमा ११६ जना सुपरीवेक्षक परिचालन भएको जानकारी दिनुभयो । 

जनगणनाको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवारको सूचीकरण गर्न थालिएको छ । आगामी असोज १८ गतेसम्म सुपरीवेक्षक घरघरमा पुगेर घर र घरपरिवारका सदस्यको सूचीकरणको काम गर्नेछन्। घरधुरी सूचीकरणपश्चात गणकलाई तालिम दिएर विवरण भर्न घरघरमा पठाइनेछ । यस वर्ष कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म ‘मेरो गणना मेरो सहभागिता’भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ