arrow

सत्ता सघाउने महन्थले जारी गरे ‘कालो दिन’ मनाउन सर्कुलर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
mahantha-thakur_1617689092.jpg
तस्वीर–फाइल ।

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  ले असोज ३ गते कालो दिनका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले  संविधान दिवसका दिन पारेर यसअघिका वर्षमा जस्तै यो वर्ष पनि कालो दिनका रुपमा मनाउन जिल्ला संयोजक र जिल्ला समितिहरुलाई सर्कुलर जारी गरेका हुन् । 

ठाकुरको पार्टीले संविधान जारी भएको २०७२ सालदेखि नै संविधानलाई अपूर्ण संविधान भन्दै आएको छ । उसले संविधान संशोधन गरी आफ्ना मुद्दाहरु सम्वोधन गर्नुपर्ने माग राख्दै आएको छ । 

बुधबारको मिति राखेर अध्यक्ष ठाकुरको हस्ताक्षरमा सर्कुलर गरिएको पत्रमा भनिएको छ, ‘२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको विदितै छ । उक्त संविधानमा आफ्ना असहमति राखी हामीले संघर्षहरु गर्दै आइरहेका छौं । त्यस दौरान कयौं वीर सपुतहरुले सहादत प्राप्त गरेको इतिहास कसैबाट लुकेको छैन । अर्थात् अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरु सम्वोधनार्थ प्रत्येक वर्ष असोज ३ गते विरोधका कार्यक्रमहरु गर्दै आएका छौं र यस वर्ष पनि आ–आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड–१९ लाई मध्यनगर गरी आफूलाई अनुकल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचारगाष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रमहरु आयोजना गरी असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न सबै जिल्लाहरुलाई आग्रह गर्दछौं ।’

ठाकुरले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको छ । समय अनुकूल भए कुनै पनि बेला ठाकुर पक्ष सरकारमा जान आतुर देखिएको छ । तर फेरि पनि असोज ३ गतेलाई कालो दिनका रुपमा विरोध गर्न भने छाडेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ