arrow

एलन मस्ककाे कम्पनीले ३ दिनका लागि ४ जनालाई पठायो अन्तरिक्ष भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
spacex.jpg

काठमाडौं । एलन मस्को अन्तरिक्ष सम्बन्धी कम्पनीले स्पेस एक्स मार्फत चार जना नागरिकहरू अन्तरिक्ष भ्रमणमा गएका छन् ।

फ्लोरिडाको केन्नेडी स्पेस सेन्टरबाट स्पेस एक्सको फाल्कोन ९ रकेटले उनीहरूलाई बिहीबार बिहान अन्तरिक्षका लागि प्रक्षेपण गरेको हो ।

१२ मिनेटपछि चारै जना यात्रु रहेको ड्रेगन क्याप्सुल फाल्कन ९ बाट छुट्टिएर अन्तरिक्षमा प्रवेश गरेको थियो भने, पुन: प्रयोग गर्न सकिने प्रक्षेपण वाहन (भेहिकल) फाल्कोन ९ पृथ्वीमै फिर्ता आएको थियो ।

यस्तै अन्तरिक्ष भ्रमणमा गएका थप तीन नागरिकहरूमा, अमेरिकी वायुसेनाका पूर्व अधिकारी ४२ वर्षीय क्रिस्टोफर सेम्ब्रोस्की, क्यान्सर रोग जितेकी २९ वर्षीया हेली आर्सनउक्स (जुन अन्तरिक्षमा जाने सबैभन्दा युवा अमेरिकी पनि बनिन्) र ५१ वर्षीया जिओसाइन्टिस्ट सियान प्रोक्टर रहेकी छन् । 

तीन दिन अन्तरिक्ष भ्रमणपछि उनीहरू फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण हुने बताइएको छ । कम्पनीका अनुसार पृथ्वीको सतहबाट ५ सय ७५ किलोमिटर माथि अन्तरिक्षमा चार जना यात्रु रहेको क्याप्सुल रहेको छ । 

२७ हजार ३ सय ६० किलोमिटर प्रति घण्टाका दरले पृथ्वीको परिक्रमा गर्ने यो क्याप्सुलले प्रत्येक ९० मिनेटमा पृथ्वीको परिक्रमा गरिसक्ने छ ।

अन्तरिक्ष स्पेस केन्द्र यो भन्दा तल नै रहेको छ । एपोलोको चन्द्र मिसनपछि यो उचाइमा पुग्ने पहिलो नागरिकहरू यी चारै जना बनेका छन् ।

३८ वर्षीय अमेरिकी अरबपति जारेद आइज्याकम्यानले यो अन्तरिक्ष भ्रमणको चार्टर गरेका हुन् । ३८ वर्षीय अरबपति आइज्याकम्यानले यो भ्रमणका लागि कति पैसा तिरे भन्ने खुलाइएको छैन ।

तर करोडौँ अमेरिकी डलर तिरेको अनुमान गरिएको छ । स्पेस एक्सका संस्थापक एलन मस्कले अन्तरिक्ष भ्रमणलाई नयाँ व्यापारका रूपमा विकास गर्न खोजेका छन् । 

अहिले भर्जिन ग्यालेक्टिक, ब्लु ओरिजनजस्ता अमेरिकी अन्तरिक्ष कम्पनीहरूले पनि यसको अभ्यास गरिरहेका छन् । एलन मस्कले भने अन्तरिक्ष भ्रमणका क्षेत्रमा प्रारम्भिक सफलता हात परेको मान्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ