arrow

'एमसीसीबारे एमालेले बोल्नुपर्छ जस्तो लाग्दैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
mcc.jpg

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछि मात्रै आफूहरूको धारणा आउने बताएका छन् ।

बिहीबारको एक कार्यक्रममा उनले भने,‘एमसीसीबारे हामीले बोल्नुपर्छ जस्तो लाग्दैन् । सरकारले आफ्नो स्थिति क्लियर गरोस् । हुन त अहिलेसम्म सरकार नै बनाउन सकेको छैन । किन पास गर्ने अथवा नगर्ने हो भने किन नगर्ने ? यसबारे सरकारले स्पष्ट पार्नुपर्छ ।'

 उनले भने,‘ एमसीसी संसद्मा विचाराधीन छँदै छ नि । एमसीसी संसद्मा गएकै हो । बहस चलेकै हो । देशको हितमा नभएका प्रावधान करेक्सन गरेर अघि बढाउनुपर्छ भन्ने मेरो धारणा हो । यो कुरा मले उर्जामन्त्री भएको बेला पनि भनेको थिएँ । एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्‍यो । सरकारले कसरी ल्याउँछ, पहिला प्रस्ताव त्यो हेर्नुपर्‍यो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ