arrow

दीर्घरोगीलाई मासिक उपचार खर्च, अर्थमन्त्रीलाई पीडितको धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
janardan-thanks.JPG

काठमाडौँ । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।

अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गङ्गादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन्। पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलसिस भइरहेको छ । ‘अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता पुनः अर्थमन्त्री जनार्दन शर्माज्यूले दीर्घ रोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर र स्पाइनल इन्ज्युरी भई प्यारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ हजार दिने बजेटमा व्यवस्था गर्नुभएका केमा सम्पूर्ण दीर्घ रोगीहरूको तर्फबाट एकमुस्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ’, धन्यवाद पत्रमा भनिएको छ ।

धन्यवाद पत्र ग्रहण गर्दै मन्त्री शर्माले सरकार मिर्गौला पीडितलगायतको साथमा सधैँ रहेको बताए । सरकारले डायलासिस गरिरहेका मिर्गौला पीडितलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्था गरेको स्पष्ट पार्दै मन्त्री शर्माले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासन दिए ।

‘हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ’, मन्त्री शर्माले भने, ‘प्रत्यारोपण (मिर्गौला) मात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।’

धन्यवाद पत्र ज्ञापन गर्ने क्रममा मिर्गौला पीडित सरोकार समाजले स्वास्थ्य बिमालाई १ लाखबाट २ लाख, दीर्घ रोगीका सन्तानलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने लगायतका मागसमेत राखेको थियो ।

अर्थमन्त्री शर्माले शुक्रवार संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुहुँदै क्यान्सर, मिर्गौला पीडित, स्पाइनल कर्ड इन्ज्यूरी लगायतका रोगको उपचार गराइरहेका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको बताएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ