arrow

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय नयॅा बानेश्वरमा, माधव नेपालले उद्घाटन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
madhav-nepal-ncp-socialist.jpg

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय नयॅा बानेश्वरको आलोकनगरमा रहने भएको छ ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अनुसार पार्टी कार्यालय असोज १ गते विहान १० बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको एकीकृत समाजवादीको उक्त नयाँ कार्यालय अध्यक्ष नेपालले उद्घाटन गर्दैछन् ।

अध्यक्ष नेपालले सामाजिक संजालमा लेखेका छन्,‘पार्टीको केन्द्रीय कार्यालय २०७८ असोज १ गतेदेखि नयॅा बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण)मा पूजा थापा बस्नेतज्यूको घरमा रहने र उक्त कार्यालय भोलि बिहान १०ः०० बजेदेखि आरम्भ गरिने कुरा सबैमा जानकारी गराउॅछु।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ