arrow

तत्काल कुनै पार्टीसँग एकता हुन्न : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
madhav-kumar-nepal-ncp-socialist.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै दलसँग पार्टी एकता नगर्ने बताएका छन् । काठमाडौँको मीन भवनमा शुक्रवार पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेपालले आफ्नो दल नेकपा एस कुनै दलसँग पनि तत्काल एकताको पक्षमा नरहेको भन्दै गठबन्धन आबद्ध दलहरूबिच आगामी निर्वाचनमा भने तामेल हुने बताए । 

‘हाम्रो पार्टीको अहिले कुनै दलसँग एकता हुँदैन, बरु गठबन्धन आबद्ध दलका बिचमा चुनावी तालमेल हुन्छ,’ नेकपा एसका अध्यक्ष नेपालले भने । सो क्रममा उनले केही दिनमा नै मन्त्रीपरिषद्ले पूर्णता पाउने गरी गठबन्धन आबद्ध दलहरूबिच संवाद भइरहेको समेत बताए । 

उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रूपमा उदय भएको भन्दै आफ्नो दलले नयाँ आशा र विश्वास जनतामा लैजानेसमेत दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ