- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरुको बाँकी सजाय माफी मिनाह गरेकी छिन् ।
मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरुको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो ।
आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी मिनाह गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजधारी कार्यविधि संहिता, ०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, श्री सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा मिति २०७८/६/३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५२३ (पाँच सय तेइस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ ।
२०७८ साल असोज २ गते शनिबार ।
(जगन्नाथ पन्त)
प्रवक्ता