arrow

एक सय ४० दिनपछि आईपीएलः पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
mumbai-chennai1.jpg
तस्वीर–फाइल ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोरोना भाइरसको महामारीका कारण बीचमै रोकिएको खेल आइतबारबाट पुनः शुरु हुँदैछ । कोरोनाले १४० दिनसम्म रोकिएको बाँकी खेल युएईमा आइतबारबाट हुन थालेको हो ।

दुबईमा हुने खेलमा डिफेन्डिङ च्यापियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे शुरु हुँदैछ । जारी सिजनको पहिलो खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो ।

अहिलेसम्म भएका ३१ आपसी भिडन्तमा मुम्बईले १९ तथा चेन्नईले १२ खेलमात्र जितेको छ । तर दुबईमा भने चेन्नई बलियो मानिन्छ । चेन्नईले दुवै खेलमा मुम्बईलाई हराएको थियो । 

अंक तालिका
अंक तालिकामा दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । 

७ खेलबाट १० अंकसहित चेन्नई दोस्रो स्थानमा छ । 

रोयल च्यालेन्जर्स बैंगलोर ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

७ खेलबाट ८ अंकको मुम्बई चौथो स्थानमा छ । 

आईपीएलमा अब ३१ खेल खेल्न बाँकी छ । कोरोनाले कुनै असर नगरेमा फाइनल खेल अक्टोबर १५ तारिखमा हुनेछ ।

८ टोली सहभागी लिगमा अहिलेसम्म प्लेअफका लागि सबैको उत्तिकै मौका बाँकी नै छ । यद्यपि सनराइजर्स हैदराबाद ७ खेलबाट २ अंकसहित पुछारमा छ । 

कोलकाता नाइट राइडर्स ७ खेलबाट ४ अंकसहित सातौं, पंजाब किङ्स ८ खेलबाट ६ अंकसहित छैटौं तथा राजस्थान रोयल्स ७ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा छ । 



नयाँ