- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । महोत्तरीमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएका छन् । शनिवार राति आर्केस्ट्रा नाच हेर्ने क्रममा एक जना युवा कुटिएको निहुँमा आइतबार दुई पक्षबिच झडप भएको हो । झडपमा सोनमा गाउँपालिका वडा नम्बर २ तरहारीका ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको छ।
कुटिएका युवाको अभिभावक र गाउँका अन्य व्यक्तिहरू कुटपिट गर्नेको घरमा पुगेपछि दुई पक्षबिच झडप भएको थियो। झडपमा थप दुई जना घाइते भएको प्रहरीले घटनामा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुर मैनटोलमा शनिवार राति आर्केस्ट्रा नाच आयोजन गरिएकोमा उक्त नाच हेर्न पुगेका सोनमा गाउँपालिका वडा नम्बर २ तरहारी निवासी सरोज यादवलाई कुटपिट गरी उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेठी सदाले खोसेका थियो।
सोही सामग्री लिन र आफ्नो भाइलाई किन कुटपिट गरेको भनी सोध्न गएका सरोजका भाइ मुकेश यादवसहितको दर्जनौँको समूहमाथि स्थानीय बिलटु सदासहितका व्यक्तिहरूले कुटपिट गरेका थिए।
छोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादवलाई समेत कुटपिट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा गौशालास्थित स्वास्थ्य चौकीमा मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।