arrow

मुम्बईलाई हराएर चेन्नई आईपीएलको शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
ipl-mumbai-chennai.JPG

काठमाडौं । चेन्नई सुपर किङ्स आईपीएल टी–२० क्रिकेटको शीर्ष स्थानमा पुग्न सफल भएको छ । कोरोनाका कारण रोकिएको १४० दिनपछि यूएईमा भएको पहिलो खेलमा चेन्नईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई २० रन हराएको हो । 

चेन्नईले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा १५६ रन बनायो । ओपनर रितुराज गाइकवार्डले नटआउट ५८ रन बनाए । ५८ बलमा ४ छक्का र ९ चौकाको मद्धतले उनले उक्त योगफल बनाएका हुन् । कप्तान महेन्द्र सिंह धोनीले ३ रन मात्र जोडे । 

डयाने ब्राभोले ८ बलमा २३ तथा रविन्द्र जडेजाले ३३ बलमा २६ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जसप्रित बुमराहले २–२ विकेट लिए । 

जवाफमा मुम्बईले ८ विकेटको नोक्सानीमा १३६ रनमात्र बनाउन सक्यो । सौरभ तिवारीले ४० बलमा नटआउट ५० रन बनाए । त्यसपछिको दोस्रो उच्च योगफल क्विन्टन डे ककको १७ रन थियो । सदावहार कप्तान रोहित शर्मा खेलेका थिएनन् । 

ब्राभोले सर्वाधिक ३ विकेट लिए । दीपक चहरले २ विकेट झारे । 

अंक तालिका
जितपछि ८ खेलबाट १२ अंकसहित चेन्नई शीर्ष स्थानमा पुगेको छ । 

समान खेल र समान अंकबाट दिल्ली क्यापिटल्स दोस्रो स्थानमा झरेको छ । 

रोयल च्यालेन्जर्स बैंगलोर ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

८ खेलबाट ८ अंकको मुम्बई चौथो स्थानमा छ । 

सोमबारको खेल 
सोमबार कोलकाता नाइट राइडर्सले बैंगलोरसँग खेल्नेछ । कोलकाता ७ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ । 



नयाँ