arrow

माओवादी पार्टीको एमालेकरण हुँदै गएकोमा प्रचण्ड चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन्। सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले उक्त चिन्ता व्यक्त गरेका हुन् । 

उनले नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताए । अध्यक्ष दाहालले भने, ‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रूपान्तरण गर्नै पर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु, पार्टी छ नभने हुन्छ।'

उनले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरुलाई  रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुशता थाहा पाए पनि केही साथीहरूले आत्मसमर्पण गरेको बताए । उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताए । 

कार्यक्रममा अध्यक्ष दाहालले थोरै मेहनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गरे ।  उनले भने - 'नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरू भनेर चिनिनु पर्ने ठाउँमा चिनिँदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को काँग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मेहनत गर्‍यौँ भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’

उनले माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने दाबी गरे ।अध्यक्ष दाहालले अब फेरि एक पटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको बताए । उनले कम्युनिष्टहरुले नेतृत्व नगरे अरूले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भए पनि देश र जनताको लागि सोच्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ