arrow

फोनपे डाइरेक्ट मार्फत कुनै पनि बैङ्कमा २ लाख रुपैयाँसम्मको रकम १० रुपैयाँ मै पठाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
fonepay-transfer.jpg

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तर बैङ्क रकम ट्रान्स्फर गर्दा रू १० मात्र सेवा शुल्क लाग्ने भएको छ। फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रुपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो। यो शुल्क नेपालमा अन्तर बैङ्क कारोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो। फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने अपेक्षा कम्पनीको रहेको छ।

फोनपे मार्फत कुनै पनि बैङ्कमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढी मर्चेन्ट रहेका छन्।

एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पिसिआई डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो।



नयाँ