arrow

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो : सह महामन्त्री महत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
prakash-sharan-mahat1623315745.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन् । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको ठुलो भूमिका रहने उनले उल्लेख गरे । 

कांग्रेसद्वारा आयोजित काठमाडौँ महानगरपालिका–४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको आज उद्घाटन समारोहमा सह महामन्त्री महतले कांग्रेसको मुख्य लक्ष्य नै आगामी आम निर्वाचन जित्ने रहेको स्पष्ट पारे । निर्वाचन जित्ने ढङ्गले सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसमा क्रियाशील सदस्यको अहम् भूमिका रहने बताए । पार्टीको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा रही निरन्तर क्रियाशील रहन उनले सबैमा आग्रह गरे । 

“पार्टीमा समय दिनसक्ने, सङ्गठन विस्तार गर्न सक्ने र मतदातालाई आकर्षित गर्न सक्ने कार्यकर्ताको खाँचो छ,  सक्रिय सदस्य बन्नुभएका पार्टी कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गरी पार्टीलाई जनतासँग जोड्ने प्रयासमा लाग्नुस्”, नेता महतले भने । कांग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको भावना र मर्मअनुरूप एक तिहाइ स्थानमा महिला निर्वाचित गर्ने कामको थालनी भएको उनको भनाइ थियो । 

  दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको स्पष्ट पार्दै नेता महतले प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताए। कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै  समृद्ध र स्वाभिमानी बनाउने जिम्मेवारी पूरा गर्न पार्टीको १४औँ महाधिवेशनले महत्त्वपूर्ण योगदान पुर्‍याउने नेता महतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ