arrow

शीघ्र सरकार विस्तार बारे गठबन्धन सकारात्मक, भोलि पुनः बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg
सांकेतिक तस्विर ।

काठमाडौं। सत्तारूढ गठबन्धनको आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सम्भवतः बुधवार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । सरकार गठन भएको लामो समय भइसक्दासमेत मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ।

दलहरुबीच मन्त्रिमण्डललाई शीघ्र पूर्णता दिने विषयमा आजको बैठकमा मतैक्य भएको छ । सोही सम्बन्धमा बुधवार पुनः गठबन्धनको बैठक बस्ने कार्यसूची तय भएको छ । आजको बैठकमा विशेष गरी सरकार विस्तारका विषयमा नै छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

गठबन्धनले मन्त्रिपरिषद् विस्तारका बारेमा खाका तयार पार्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले आवश्यक छलफल गरी मनित्रपरिषद्मा कुन दलले के कति सदस्य लिने भन्ने बारेमा एउटा खाका तयार पारेको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ