arrow

बुधवार सुनको मूल्य नौ सयले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
gold.jpeg

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलवार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुधवार छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ । 

त्यस्तै बुधवार तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलवार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलवारका तुलनामा बुधवार प्रतितोला रु २५ले बढेको छ । 

चाँदी मङ्गलवार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य बुधवार प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔँसा एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समय समय परिवर्तन भइरहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ