- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना विरुद्धको खोप अभियान प्रभावकारी रूपमा सुरु गरेपछि काठमाडौँ उपत्यकामा ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याङ्क अनुसार उपत्यकाका तीन जिल्ला मध्य काठमाडौँमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।
सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्य मध्य ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्य सहित अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छन् । प्रधानमन्त्री देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसक्नु भएको छ ।
बागमती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।