- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। मन्त्रीपरिषद् विस्तार र पार्टीको महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा मन्त्रीपरिषद्मा पार्टीका तर्फबाट पठाइने मन्त्रीका नामका विषयमा छलफल भइरहेको हो ।
यस्तै बैठकमा महाधिवेशनका मिति हेफेरका विषयमा पनि छलफल भइरहेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बैठकमा १३ जिल्लाको वडा अधिवेशन सकेर मात्रै अन्य अधिवेशनको प्रक्रिया अघि बढाउन बैठकमा दबाब दिने बताइएको छ ।