arrow

मानव धर्मको कार्यक्रममा ४ सय ३ जनाले गरे रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
blood donation.JPG

काठमाडौँ । विश्वशान्ति दिवस तथा मानव धर्म सेवा समितिका प्रणेता श्री सतपाल जी महाराजको पावन जन्मोत्सवको अवसरमा ४ सय ३ जनाले रक्तदान गरेका छन् । समितिले असार २ र ५ गते वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

रक्तदान जीवनदान, आत्म ज्ञान अतिमहान, कोरोना सङ्क्रमितको जीवन रक्षा, हाम्रो अभियान भन्ने उद्घोषका साथ समितिका देशभर रहेका शाखा आश्रमहरूमा रक्तदान कार्यक्रम गरिएको थियो । समितिको केन्द्रीय कार्यालय हंस बोध आश्रम काठमाडौँमा १ सय ५, इटहरीमा ८५, बुटवलमा ८०, वीरगन्ज ५०, सुर्खेत ५१ र पोखरा ३५ पिन्ट रगत सङ्कलन भएको समितिले जनाएको छ। 

साथै समितिका सबै शाखा आश्रमहरूमा मङ्गलवार आध्यात्मिक सत्सङ्ग, सांस्कृतिक लगायतका कार्यक्रम आयोजना गरेको थियो ।  

No description available.

कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाइजीले समाज परिवर्तनको मुख्य बाटो भनेको अध्यात्म नै रहेको बताइन्। अहिलेका युवाहरु विकृतिमा फसिरहेको उदाहरण दिँदै महात्मा चमेली बाइजीले उनीहरूलाई अध्यात्मको बाटोमा ल्याउनका लागि अभिभावकले नै पहल लिनुपर्ने सुनाइन्। 

सोही अवसरमा भर्चुअल ग्लोबल क्विज प्रतियोगितामा विजेताहरूलाई पुरस्कार वितरण गरिनुका साथै सांस्कृतिक तथा भक्ति सङ्गीतका कार्यक्रम आयोजना भएको थिए।  जन्मोत्सव कै अवसरमा भ्वाईस अफ नेपालका फाइनालिष्ट आर्यन तामाङलाई सम्मान समेत गरिएको थियो।

नेपाल मानव धर्म सेवा समितिले आत्म ज्ञान प्रचार प्रसारका साथै सामाजिक सेवा र सनातन संस्कृतिको जर्गेनाका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ  । महाभूकम्पको समय, बाढी पहिरो लगायताका अन्य प्राकृतिक प्रकोपको समय पनि संस्थाले सधैँ मानवीय सेवा कार्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ