arrow

आईपीएल: हैदरावाद विरुद्ध दिल्लीको सहज जित, अङ्क तालिकामा पहिलो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
ipl-cricket.jpg

काठमाडौं। समयुक्त अरब ईमिरेट्स (युएई)मा जारी ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको ३३औं खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै अङ्क तालिकामा पहिलो स्थानमा उक्लिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद दिल्लीका बलरहरूको कसिलो बलिङ सामु सहज रन बनाउन असफल रहेका थिए। दिल्लीका एनरिच नोर्जेले प्रति ओभर तीन रन मात्र दिएका थिए र २ विकेट हात पारेका थिए। त्यसैगरि अक्षर पटेलले पनि कसिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिँदै २ विकेट लिएका थिए। 

हैदरावादका लागि सुरुवात नै सुखद रहेन। उसका स्टार खेलाडी डेविड वार्नर खाता नखोली आउट हुँदा हैदरावाद सुरुदेखि नै दबाबमा परेको थियो। दिल्लीका बलरहरूले उक्त दबाब कायम राख्दै हैदरावादका ब्याटरहरूलाई खुल्न दिएनन्। हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएको थियो।

हैदरावादका लागि अब्दुल समदले २८ रन बनाए भने रशिद खानले २२ रनको योगदान दिएका थिए। त्यसैगरि ऋद्धिमान शाह र केन विलियमसनले १८-१८ रनको पारी खेलेका थिए। 

झिनो लक्ष्य पाएको दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाउँदै आठ विकेटको जित निकालेको थियो। दिल्लीका श्रेयस ऐयरले ४७ र शिखर धवनले ४२ रनको पारी खेलेका थिए। ऋषभ पन्तले ३५ रन बनाएका थिए। खेलको प्लेयर अफ द म्याच एनरिच नोर्जे घोषित भएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ