arrow

बाइडेनले आयोजना गरेको समिटमा देउवाले गराए नेपालले खोपका लागि गरेका प्रयासबारे जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
deuba-pm-parliament-house.jpg

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड-१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले शुक्रवार आयोजना गरेको ‘ग्लोबल कोभिड-१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै  नेपालले कोभिड-१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन् ।   

उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उनले नेपालले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको उल्लेख गरे । 

“हामीले कोभिड-१९ बाट सुरक्षित रहनका लागि जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने । 

प्रधानमन्त्री देउवाले नेपालले कोभिड-१९ विरुद्धको खोप लगाउन लक्षित जनसङ्ख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसङ्ख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए । आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ । 

उनले नेपालले कोभिड-१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पनि पुर्‍याएको जानकारी पनि सो सम्बोधनमा गराए । प्रधानमन्त्री देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गर्ने विदेशी दाता राष्ट्र तथा साझेदार सबैलाई धन्यवाद दिँदै विश्वस्वास्थ्य सुरक्षा कोषमा योगदान गर्ने साझेदारप्रति समेत आभार प्रकट गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ