arrow

कोहलीको लगातार दोस्रो हार, धोनी शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
chennai-bangalore.JPG

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो हार बेहोरेको छ । कोरोना महामारीका कारण १४० दिनपछि यूएईमा भइरहेको आईपीएलमा बैंगलोरलाई महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्सले हराएको हो ।

शारजहाँमा शुक्रबार राति भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो । बैंगलोरले दिएको १५७ रनको विजयी लक्ष्य चेन्नईले १८.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।

चेन्नईको जितमा ओपनर रुतुराज गायकवाडले सर्वाधिक ३८ रन, अम्बाती रायाडुले ३२ रन जोडे । फाप डु प्लेसिसले ३१ तथा मोइन अलीले २३ रन बनाए ।

सुरेश रैना १७ तथा धोनी ११ रनमा नटआउट रहे । बैंगलोरका हर्सल पटेलले २ तथा युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

बैंगलोरको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १५६ रन बनाएको थियो ।

देवदत्त पडिकलले ५० बलमा ७७ रन बनाए । कोहलीले ४१ बलमा ५३ रन बनाए । तर यो अर्धशतकले काम गरेन ।

चेन्नईका  दयाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दीपक चाहरले १ विकेट लिए ।

अंक तालिका
यो जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा पुग्न सफल भएको छ । 

बैंगलोर ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानको दिल्ली क्यापिटल्सको ९ खेलबाट १४ अंक नै रहेको छ । 



नयाँ