arrow

ईपीएल काठमाडौंमा शुरु, शाहिद अफ्रिदी भिड्दै, उपाधि विजेतालाई ५० लाख

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
EPL-logo-jpg.jpg

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट शुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुँदैछ । 

यो खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । किनकि दुवै टिममा अन्तर्राष्ट्रिय क्रिकेटरहरु पनि सहभागी हुनेछन् । ललितपुर र काठमाडौं बीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ । ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो । यो खेल दिउँसो १२ः१५ बजेदेखि शुरु हुनेछ । 

ललितपुरको टिम
ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रदै छ । नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि कुशलले जिम्मेवारी पाएका हुन् । 

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इङ्गल्याण्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

काठमाडौंको टिम
काठमाडौं राष्ट्रिय टिमकै स्पीन बलर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् ।

अफ्रिदीले २ खेलमात्र खेल्नेछन् । 

तर दुखद पक्ष राष्ट्रिय टिमकै कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले भने ईपीएल खेल्ने छैनन् । 

यो प्रतियोगिताका प्रोमोटर आमिर अख्तरसँग सम्बन्ध राम्रो नभएकै कारण मल्ल र खड्काले नखेलेका हुन् । 

कस्तो छ सहभागीता 
यसपालि अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु धेरै भएकाले रोमाञ्चकता देखिएको छ । चौथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् ।

यसअघि पनि ६ टिमले नै सहभागीता जनाउने छन् । यसपालि पुरस्कार राशि पनि बढेको छ । 

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ