arrow

आउँदो चुनावमा एमाले ‘पत्तासाप’हुन्छ, एकीकृत समाजवादी उदाउँछ : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
madhav-kumar-nepal-ncp-socialist.jpg

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमाले पत्तासाप हुने र आफ्नो पार्टी शक्तिशाली बनेर उदाउने दाबी गरेका छन् ।

शनिबार हेटौंडामा आयोजित मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताए ।

अहिलेको सत्तारुढ गठबन्धन दिगो रहने उल्लेख गर्दै अध्यक्ष नेपालले गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) र जनमोर्चा सम्मिलित गठबन्धन वडा तहसम्म समन्वय र सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

पाँच दलको गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने बताउँदै उनले केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अहंकार र दम्भले भरिएको भनेर आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ