arrow

ओलीले अलमलाएपछि बैठकबाटै बाहिरिए भीम रावल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
Bhim-rawal.gif.gif

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन् ।

जारी बैठकमा धारणा राख्न नपाएका रावल पार्टी अध्यक्षले अलमलाउने नीति मात्रै लिएको भन्दै बाहिरिएका हुन्   उनले पार्टी नेतृत्व २ जेठअघिको अवस्थामा फर्किन नचाहेको भनेका छन् ।

२७ असारमा पार्टी भित्रको आन्तरिक कलह समाधानका लागि गरिएको १० बुँदे सहमति अनुसार पार्टीलाई २ जेठ २०७५ मा लैजानुपर्ने अडान रावलले राख्दै आइरहेका छन् ।

तर सो विषयमा पार्टी नेतृत्व तयार नदेखिएको रावलले बताउँदै आइरहेका छन् । रावल सहमति कायम भएर पार्टी २ जेठ अघि फर्किदा एमालेमा सुदूरपश्चिम इन्चार्जको भूमिकामा रहन्छन् ।

तर अहिले सो जिम्मेवारी उनीबाट खोसिएको छ । हाल अध्यक्ष ओलीले वर्तमान अवस्थाको एमाले तत्कालीन नेकपाको निरन्तरता भएकाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत् हुने भन्दै आइरहेका छन् ।

गत शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा समेत रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्विकार्न नसकिने भन्दै बैठकमा नै नेतृत्वलाई चेतावनी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ