arrow

काँग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महामन्त्री खड्काले आफूलाई संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत भनेका छन् ।

‘८ गते ४ बजे देखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजिन र पिसिआर  परीक्षण गराउँदा दुबैमा पोजेटिभ ।, धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो ।, ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध,’ खड्काले ट्विट गर्दै भनेका छन् । 



नयाँ