arrow

ईपीएलमा दुई खेल हुँदै, वर्षाले यसरी खेल्दैछ भिलेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
Afridi-sahid-epl.jpg
तस्वीर–फाइल ।

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा  सोमबार दुई खेल हुँदैछन् । टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स भिड्ने छन् । यो खेल बिहान ९ः३० बजे शुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।

पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी सम्मिलित काठमाडौं बलियो छ । अफ्रिदीले पहिलो खेलमा सबैभन्दा बढी रन आए । ब्याटिङमा आएनन् । 

उनले दुई खेलमात्र खेल्नेछन् । 

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।

सोमबारको दोस्रो खेल
सोमबारको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स खेल्नेछन् । भैरहवा र चितवनबीचको खेल दिउँसो १ः३० बजे शुरु हुनेछ ।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा पहिलो जितको खोजीमा छ । वर्षाका कारण आइतबारको पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो  । खेल नतिजाविहीन भएसँगै दुवै टिमले १–१ अंक बाँडेका थिए । 

चितवन लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई पराजित गर्न सफल भएको थियो ।

वर्षा खेल्दैछ भिलेन 
आइतबारको पोखरा र भैरहवाबीचको खेल वर्षाले गर्दा पूरा हुन पाएन । यो खेलमा भैरहवा हावी भएको थियो । तर खेल पूरा नहुँदा भैरहवाका लागि वर्षा भिलेन बन्यो । 

सोमबारको मौसम पनि ठीक छैन । कुनै पनि बेला खेल रोकिन सक्छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा हुन सक्ने जनाएको छ । 

मनसुन सकिनै लाग्दा अझै तीन दिन वर्षा हुने महाशाखाको भनाइ छ । 

अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागीता रहेको प्रतियोगिता हेर्न दर्शकले इच्छा गरे पनि त्यो इच्छालाई वर्षाले भिलेन खेल्न खोजिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ