arrow

जग बिनाको घर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
Buddha.advice2_.jpg

काठमाडौँ । बुद्धले आफ्ना प्रवचनहरूमा शिष्यहरूलाई धेरै कथाहरू सुनाउँथे। यो कथा पनि ती मध्ये एक हो।

कुनै समय एक सहरमा राम र श्याम नामका दुई धनी व्यापारीहरू बस्ने गर्दथे। उनीहरू दुवैले आफ्नो धन र वैभवको ठुलो प्रदर्शन गर्ने गर्थे ।  एक दिन राम आफ्नो साथी श्यामलाई भेट्न घरमा गए। रामले देखे कि श्यामको घर धेरै फराकिलो र तीन मन्जिलको थियो।

२५ सय  वर्ष पहिले तीन तलाा भएको घर हुनु एउटा ठुलो कुरा थियो र धेरै पैसा र निर्माण गर्नको लागी एक कुशल वास्तुकारको आवश्यकता थियो । रामले देखे शहरका सबै बासिन्दाहरू श्यामको घरलाई धेरै आश्चर्यसँग हेर्छन् र उनको धेरै प्रशंसा गर्छन्।

घर फर्केर, राम धेरै दुखी थिए श्यामको घरले सबैको ध्यान खिचेको थियो। उनले उही वास्तुकारलाई बोलाए जसले श्यामको घर बनाएका थिए। उनले  वास्तुकारलाई श्यामको घर जस्तै तीन तलाा घर बनाउन आग्रह गरे। वास्तुकार काम गर्न सहमत भए र काम सुरु भयो।

केही दिन पछि राम निर्माण स्थलमा गएर कामको निरीक्षण गरे। जब उनले मजदुरहरूलाई जग बसाल्नको लागी गहिरो खाडल खनेको देखे, उनले  वास्तुकारलाई बोलाएर सोधे किन यस्तो गहिरो खाडल खनेको ? 'तपाईँले भने अनुसार म तीन तला घर बनाउनको लागि  काम गरिरहेको छु ,' वास्तुकारले भने, 'सबैभन्दा पहिले म एक बलियो जग बनाउनेछु, त्यसपछि म क्रमशः पहिलो तला, दोस्रो तला र तेस्रो तल्ला बनाउनेछु।'

'यी सबै कुराको मलाई मतलब छैन!' रामले भने, 'तिमि सिधै तेस्रो तल्ला बनाऊ र श्याम को लागी बनाएको जस्तै अग्लो बनाऊ। जग र बाँकी तलाको ख्याल नगर! ' 'यो हुन सक्दैन', वास्तुकारले भने। 'ठिक छ, यदि तिमि यो गर्दैनौ भने, म अरू कसैलाई यो गर्न को लागी ल्याउँछु,' राम क्रोधले भने। 

त्यो सहरमा कुनै पनि वास्तुकारले जगको आधार बिना घर बनाउन सकेनन्, फलतः घर कहिल्यै बनेन। तसर्थ, कुनै पनि ठुलो कार्य पूरा गर्नको लागी, त्यसको जग बलियो बनाउनु पर्छ र काम योजनाबद्ध तरीकाबाट गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ