arrow

परराष्ट्रमन्त्री खड्काको शपथ बदर माग गर्दै सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
suprim_cort.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

परराष्ट्रमन्त्री खड्काले सङ्घीय कानुन नै नबनेको अवस्थामा शपथ लिएको र शपथ गैर कानुनी भएको दाबीसहित बदर माग गर्दै सर्वोच्चमा अधिवक्ता विशाल न्यौपानेले आज मङ्गलवार रिट दायर गरेका हुन् ।

रिटमा कुनै कानुनी व्यवस्थाबिनै शपथ गराइएको जिकिर गरिएको छ ।  रिटको पेसी बुधवारका लागि तोकिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रीमा ६ भदौमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

सर्वोच्चमा दायर रिटमा खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न-नगराउन अन्तरिम आदेशको गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ