arrow

मुम्बई खेलमा फर्कियो, प्लेअफ सम्भावना बलियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
mumbaiindians-family-2021.JPG
तस्वीर–खुशी साट्दै मुम्बई इन्डियन्स टिमको परिवार ।

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स लगातार दुई हारपछि जित निकाल्न सफल भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको मंगलबार रातिको खेलमा मुम्बईले पन्जाब किङ्सलाई हरायो । 

अबुधाबीमा भएको खेलमा मुम्बईले पन्जाबलाई ६ विकेटले हराएको हो । पन्जाबले दिएको १३६ रनको विजयी लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।

सौरभ तिवारीले ३७ बलमा सर्वाधिक ४५ रन बनाए । हार्दिक पाण्डेयले ३० बलमा नटआउट ४० रन जोड्दा क्विन्टन डी कक २७ रनमा आउट भए ।

पन्जाबका रवि बोस्नाईले २ विकेट लिए ।

पन्जाबको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेटको नोक्सानीमा १३५ रन बनाएको थियो ।

एडिन मार्क्रामले ४२ रन जोड्दा दिपक होडाले २८ रन बनाए । कप्तान केएल राहुलले २१ तथा सन्दीप सिंहले १५ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह र केइरन पोर्लाडले २–२ विकेट लिए ।

दिल्ली हार्यो 
दिल्ली क्यापिटल्स भने पराजित भएको छ । मंगलबारकै खेलमा दिल्ली कोलकाता नाइट राइडर्ससँग ३ विकेटले पराजित भएको हो । 

दिल्लीले ९ विकेटको नोक्सानीमा १२७ रन बनायो । जवाफमा कोलकाताले १८.२ ओभरमा ७ विकेटको नोक्सानीमा जित निकाल्न सफल भयो । 

अंक तालिका
जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोडेको छ । मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । मुम्बईले प्लेअफको सम्भावनालाई जिवित पारेको छ । पन्जाब ११ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।

त्यस्तै कोलकाता ११ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । पराजित दिल्ली ११ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा अड्किएको छ । 

शीर्ष स्थानको चेन्नई सुपर किंगसको १० खेलबाट १६ अंक छ । तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोरको १० खेलबाट १२ अंक छ । 

१० खेलबाट ४ अंकको सनराइजर्स हैदराबाद प्लेअफ सम्भावनाबाट लगभग बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ