arrow

ईपीएलमा ‘गुलाब’ को असर, बुधबार दुई खेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
EPL-logo-jpg.jpg

काठमाडौं । काठमाडौंमा चलिरहेको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा ‘गुलाब’ को असर देखिएको छ । गुलाब अर्थात्  ‘गुलाब’ नामक शक्तिशाली चक्रवातका कारण आईपीएलका खेलहरु हुन सकिरहेका छैनन् । वर्षाका कारण चार खेलहरु पूरा हुन पाएनन् । 

सोमबारदेखि भारतको उडिसाको जमिनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यता टी–२० क्रिकेटमा बुधबार दुई खेलहरु हुँदैछन् । टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र पोखराबीचको खेल बिहान ९ः३० बजे शुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजनामा  । उद्घाटन खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलो जितको खोजीमा रहेको छ । पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।

बुधबारको दोस्रो खेल
यस्तै दोस्रो खेलमा भैरहवा र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र विराटनगरबीचको खेल दिउँसो १ः३० बजे शुरु हुनेछ ।

शरद भेषावकरको कप्तानीमा मैदानमा उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरासँग अंक बाडेको थियो  ।

विराटनगर पनि पहिलो जित निकाल्न चाहन्छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ