- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अहिले कोरोना भाइरस विरुद्धको महामारी चलिरहँदा कोरोना भ्याक्सिनको महत्व बढी नै छ । निगरानी पनि उत्तिकै भइरहेको छ ।
यो अवस्थामा लापरबाही गर्ने चिकित्सकीय टोली पनि उत्तिकै भेटिने गरेको छ । त्यस्तै भएको छ भारतको ठाणेमा । मंगलबार कोभ्याक्सिन ड्राइभका क्रममा नर्सले कुकुरले टोकेमा लगाउने एन्टी रेबिजको इन्जेक्सिन दिएकी छिन् ।
यो जानकारी पाउना साथ स्वास्थ्य विभागको निर्देशनमा आरोपी नर्स र उक्त ड्राइभका इन्चार्ज डाक्टरलाई निलम्बन गरिएको छ ।
ठाणे नगर निगमका अतिरिक्त कमिशनर सन्दीप कालवीका अनुसार घटना ठाणेको कलावा क्षेत्रको स्वास्थ्य केन्द्रमा भएको हो । घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।
एन्टी रेबिजको इन्जेक्सन लगाउने पीडितलाई चिकित्सकको निगरानीमा राखिएको छ । गलत लाइनमा लागेकाले झुक्किएको बताइएको छ ।
पीडित राजकुमार यादव कोभिशिल्ड भ्याक्सिनको डोज लिन आए पनि गल्तीले एन्टी रेबिज इन्जेक्सन लगाउने लाइनमा लागेका रहेछन् ।
स्वास्थ्य केन्द्रकी नर्स कीर्ति पोपरेले यादवको कागजात नहेरी इन्जेक्सन लगाइदिइन् । उत्तर प्रदेशमा पनि यस्तै घटना बाहिरिएको छ ।
त्यहाँ तीन महिलालाई कोरोनाको खोपको विरुद्धमा एन्टी रेबिजको इन्जेक्सन दिइएको छ । तीनै जनाको उमेर ६० वर्ष भन्दा माथि रहेको थियो ।