arrow

ईपीएल क्रिकेट: पोखरा विजयी हुँदा ललितपुरको लगातार दोस्रो हार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
Epl-pkr-lalitpur.jpg
तस्विर साभार: एभरेष्ट प्रिमियर लिग (फेसबुक)

काठमाडौं। पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गर्दै कुल तीन अङ्कका साथ अङ्क तालिकामा पहिलो स्थानमा रहेको छ। 

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको पोखराले ललितपुरलाई निर्धारित ७ ओभरको खेलमा ५१ रनमा रोकेको थियो। उक्त रन बनाउने क्रममा ललितपुरले ६ विकेट गुमाएको थियो। गए राती परेको पानीले मैदान खेल्ने अवस्थामा नरहेकोले ओभर घटेको थियो। 

ललितपुरका लागि सन्दुन विराकोदीले १९ र  नारायण जोशीले ११ रन बनाएका थिए। पोखराका नन्दन यादवले ३ र विक्रम सोबले २ विकेट लिएका थिए। त्यसैगरि केस्रिक विलियम्सले १ विकेट हात पारेका थिए। 

पोखराका लागि रिचार्ड लेवीले ३८ र रित गौतमले १२ र बनाउँदै खेल आफ्नो पक्षमा पारेका थिए। ललितपुरका अज्मतुल्लाह ओरजाइले १ विकेट लिएका थिए। 

दुई खेल खेलेको ललितपुर दुवै खेलमा पराजित हुँदै बिना कुनै अङ्क अङ्क तालिकाको पुछारमा रहेको छ। ललितपुर यसअघि काठमाडौं किङ्ग्स ११सँग पराजित भएको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ