arrow

श्रीलङ्काका दुई खेलाडी धम्मिका र थरंगा चम्किँदा भैरहवा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
Dhammika-prasad-EPL.jpg
खेलको प्लेयर अफ दि म्याच धम्मिका प्रसाद। तस्विर साभार: ईपीएल (फेसबुक)

काठमाडौं। भैरहवा ग्लाडिएटर्सले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै अङ्क तालिकामा पहिलो स्थानमा उक्लेको छ। भैरहवाले २ खेलमा तीन अङ्क जोडेको छ। 

टस जितेर पहिले फिल्डिङ रोजेको भैरहवाले विराटनगरलाई ८९ रनमा समेटेको थियो। विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएको थियो। श्रीलङ्काका अन्तर्राष्ट्रिय खेलाडी धम्मिका प्रसादको कसिलो बलिङ सामु विराटनगर टिक्न सकेन। उनले ३ ओभरमा १ मेडेन राख्दै ६ रन खर्चेर तीन विकेट लिएका थिए। 

भैरहवाका आरिफ शेखले पनि तीन विकेट हात पारे भने अविनास बोहोराले २ विकेट लिए। त्यसैगरि अर्का बलर दुरगेश गुप्ताले कसिलो बलिङ गरेका थिए । उनले ४ ओभरमा १२ रन खर्चिँदै १ विकेट लिएका थिए। 

विराटनगरका दिलशन मुनाविराले २५ र सुमित महर्जनले १३ रन बनाएका थिए। कप्तान करन केसी पहिलो बलमै आउट भएका थिए। अनिल शाह र आशिफ शेखले ११-११ रनको योगदान दिएका थिए। 

भैरहवाले ९० रनको लक्ष्य १५.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो। उपुल थरंगाले आउट नभई ३४ रन बनाए भने प्रदीप ऐरीले २२ रन बनाएका थिए। त्यसैगरि तमिम इकबाल र रोहित पौडेलले १२-१२ रन बनाएका थिए। विराटनगरका रामनरेश गिरीले २ विकेट लिएका थिए। 

खेलको प्लेयर अफ दि म्याच धम्मिका प्रसाद घोटित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ