arrow

उपत्यकामा ७३ प्रतिशतले लगाए कोरोना भाइरसविरुद्धको पूर्ण खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
corona-vaccine-covid.jpg

काठमाडौं। काठमाडौं उपत्यकामा लक्षित जनसङ्ख्याको ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । यस्तै ७६ प्रतिशतले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

सरकारले उपत्यकाका २१ लाख २९ हजार ७ सय ७३ जनालाई खोप लगाउने लक्ष्य राखेको थियो । जसमध्ये १६ लाख २२ हजार ४ सय ४१ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने, १५ लाख ६३ हजार ७ सय ३४ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

काठमाडौँ उपत्यकामा काठमाडौँ जिल्लामा ११ लाख ७७ हजार ६० जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै ११ लाख १२ जार ८ सय ९३ जनाले पूर्ण खोप लगाइसकेका छन् । काठमाडौँ जिल्लामा १५ लाख ६२ जनालाई खोप लगाउने लक्ष्य सरकारको छ ।

यस्तै भक्तपुरमा  १ लाख ५५ हजार ३ सय २६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै १ लाख ८४ हजार ७ सय ८७ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । जोनसन एण्ड जोनसोनको एक डोज नै पूर्ण मात्रा भएकाले एक मात्रा खोप लगाउने भन्दा पूर्ण मात्रा लगाउनेको सङ्ख्या बढी देखिएको हो ।

ललितपुर जिल्लामा २ लाख ९० हजार ५५ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै २ लाख ६५ हजार ५४ जनाले खाेपकाे पूर्ण मात्रा लगाएका छन् । ललितपुरमा ३ लाख ८२ हजार ८ सय ६० जनालाई खोप लगाउने लक्ष्य सरकारले राखेको छ ।

सरकारले देशभर २ करोड १७ लाख नागरिकलाई खोप लगाउने प्रारम्भिक लक्ष्य राखेको छ । लक्ष्यको झन्डै ३० प्रतिशत नागरिकले पूर्ण खोप लगाइसकेका छन् ।



नयाँ