arrow

बेलबारीमा छत्र लिम्बू समूहको उम्मेदवारी घोषणा 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असोज १४ बिहिबार
belbari-nagar.JPG

मोरङ । नेपाली काँग्रेस बेलबारी नगर समितिको यही असोज १६ गते हुने बेलबारी नगरको निर्वाचनका लागि कोइराला पक्षको तर्फबाट नगर सभापतिमा छत्र लिम्बू समूहले उम्मेदवारी घोषणा गरेका छ ।

बिहीबार बेलबारी १ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सभापतिमा छत्र लिम्बु,उपसभापतिमा प्रकाश चौधरी,नितु थापा,सचिवमा कुलप्रसाद बराल,सन्तोष भट्टराई र सहसचिवमा बद्री विष्ट र मनिल मोतेको उम्मेदवारी घोषणा गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा,नगेन्द्र जमरकट्टेल,मानबहादुर लिम्बु,स्थानीय निर्वाचनमा बेलबारीका मेयरका उम्मेदवार राजकुमार लिम्बु लगायतका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका डा.शर्माले मोरङको क्षेत्र नम्बर ३ का पालिकाहरूमा कोइराला पक्षको जित निश्चित रहेको बताए । उनले केही समयमै पार्टीमा कुनै गुट नरहने र एउटै गुटमा सबै गोलबद्ध हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ