arrow

जनहितका योजना अघि बढाउनुस् : राष्ट्रपति भण्डारी

logo
रासस,
प्रकाशित २०७८ असोज १५ शुक्रबार
bidhyadevi.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुरूप उपलब्ध साधन स्रोतको पहिचान एवं परिचालनको सामर्थ्य आङ्कलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उनले मुलुकको सर्वाङ्गीण रूपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्छ भनिन् ।  राष्ट्रपति भण्डारीले भनिन्, “जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउनुपर्छ ।” 

विगत दुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भनिन्, “सङ्क्रमण अन्त्य भई नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ