arrow

चितवनको लगातार तेस्रो जित, पोखरा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
EPL-logo-jpg.jpg

काठमाडौं। चितवन टाइगर्स आफ्नो तीनवटै खेल जित्दै अङ्क तालिकाको पहिलो स्थानमा पुगेको छ। आफ्नो तेस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवनले अग्रस्थान कायम गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २३ रन बनाएको थियो। पोखराका लागि विवेक यादवले ५३ रन बनाए भने असेला गुनारत्नेले २५ रनको योगदान गरेका थिए। चितवनका कमल ऐरी र शाहाब आलमले २-२ विकेट लिए भने कप्तान सोमपाल कामीले कसिलो बलिङ गर्दै ४ ओभरमा १ मेडेन सहित १२ रन खर्चिँदै १ विकेट लिएका थिए। 

जवाफमा ब्याटिङ गर्न ओर्लेको चितवनले सहजै १ सय २४ रनको लक्ष्य भेट्टाएको थियो। २ रन हुँदा पहिलो विकेट गुमाएको चितवनले त्यसपछि कुनै विकेट गुमाएन। चितवनका मोहम्मद शाहजादले ६३ र भीम सार्कीले  ५४ रन बनाएर आफ्नो टोलीलाई विजयी गराए। पोखराका लागि १ मात्र विकेट बिक्रम सोबले लिएका थिए। खेलका प्लेयर अफ म्याच मोहम्मद शाहजाद घोषित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ