arrow

नेपाली काँग्रेस दोलखाको सभापतिमा चार जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
congress-14th-general-convention.jpg

दोलखा । नेपाली काँग्रेसको दोलखाको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा नयाँ नेतृत्व लिनका लागि चार जनाले उम्मेदवारी घोषण गरेका छन् । काँग्रेसको केन्द्रमा रहेको समूहको प्रत्यक्ष प्रभाव जिल्लामा समेत देखिएको छ । समूह नै निर्माण गरेर पार्टी सभापतिदेखि पदाधिकारी र महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरिएको छ । 

संस्थापन पक्षका तर्फबाट हाल पार्टी सभापति रहेका रुद्रबहादुर खड्का पुनः दोस्रो कार्यकालका लागि सभापति पदमा चुनाव लड्दै छन् भने केन्द्रमा सिटौला समूह नजिक मानिने समूहबाट तारा खड्का चुनावी माहौलमा देखिएको छ । 

त्यस्तै वर्मा लामा र केशवराज चौलागाईंले समेत सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषण गरेका चारै समूहले आफ्नो समूह बलियो रहेको दाबी गरेका छन् । 

सभापतिमा चार जना आकाङ्क्षी रहेको हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पुर्‍याउन नसकिने भएपछि दोस्रो तहको निर्वाचन निश्चित जस्तै भएको छ । केन्द्रीय नेता तथा भेग भूगोलका आधारमा नेताहरूले संस्थापन पक्षका रुद्र खड्कालाई समर्थन रहेको हुँदा अन्य नेताको तुलनामा पुनः सभापतिमा रुद्र खड्कालाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । 

दोलखामा रहेको सात गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भई सकेपछि काँग्रेस केन्द्रको विवादले महाधिवेशनपछि धकेलिने र दुई चरणमा अधिवेशन गर्ने निर्णय भएसँगै जिल्ला अधिवेशन रोकिएको थियो । हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गरी सक्ने पुनः सर्कुलर भएपछि दोलखा काँग्रेसले क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशन सुरु गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ