arrow

समय भन्दा अघि र पछि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
life-after-death.jpg

एक ठाउँमा गरिब बुढा बुढी बस्ने गर्दथे। दुवै जना दिन भरि मेहनत गरेर पनि हातमुख जोर्न धौधौ पर्ने गर्दथ्यो। उनीहरूसँग सम्पत्तिको नाममा एउटा झुप्रो थियो। उनीहरू सधैँ मेहनती मात्र हैन भक्ति भावमा पनि उतिकै सक्रिय थिए। उनीहरूलाई एक छाक टार्न पनि धौ-धौ थियो। तर पनि खुसी थिए।उनीहरू भगवान् सम्झन्थे र आफ्नो अवस्था सुधारिदिन मनमनै प्रार्थना गर्थे।

एक दिन दुई बूढाबूढीको भक्ति भाव देखेर माता लक्ष्मीले विष्णु भगवान्लाई भन्नुभयो-'हे प्रभु,तपाईँको सृष्टिमा किन यति सारो विभेद।उनीहरूले दैनिक तपाईँको पूजा गर्छन् तपाईँलाई सम्झन्छन् तपाईँ भने आफ्नै भक्तहरू सँग किन निष्ठुरी?'

यति कुरा सुनेर विष्णु भगवान्ले मुस्कुराउँदै भन्नुभयो,' हे लक्ष्मी, मैले यी दुई जनालाई नदिन चाहेको कहाँ हु र ? तर उनीहरू नै लिन मान्दैनन् । नपत्याए तिमी आफैले परीक्षा लेउ।'

 माता लक्ष्मीले यो कुरा सुनेर ती बुढाबुढी हिँड्दै गरेको बाटोमा ठुलो सुनको गरगहना सिक्का रहेको पोका झारी दिनु भो। बुढाबुढी बाटैमा हिँड्दै थिए जब दुई बुढाबुढी सुनको पोको भन्दा केही नजिक पुगे, श्रीमतीले श्रीमानलाई एउटा प्रतिस्पर्धा राखिन-हेर्नुस् स्वामी, यदि यो बाटोमा आँखा बन्द गरेर जो टाढा सम्म हिँड्छ उ विजेता हुनेछ बुढा पनि बुढीको कुरा सुनेर मानेर दुवै जना बढ्न थाले। दुवै जनाले आँखा चिम्लेर सुनको पोको रहेको ठाउँ भन्दा पर पुगेर आँखा खोले। 

त्यो हेरिरहेकी लक्ष्मी मातालाई भगवान् विष्णुले सम्झाउँदै भन्नुभयो:- मानिसले आफ्नो कर्म जस्तो गर्छ भाग्यमा त्यसको फल त्यति मात्र पाउने हो। न कसैले समय अगावै पाउँछ न कसैले समय पछि।सबैले आफ्नो सही समयमा नै पाउने हो । कसैको सानो उमेरमा पाउँदा छिटो पायो भन्ने हुन्छ कसैले ठुलो उमेरमा पाउँदा ढिलो पायो भन्नु हुन्छ तर त्यसो हैन। त्यसेले हरेकको समय सीमा हुन्छ।समय अनुसार नै पाउने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ